१३ अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १९ कात्तिक । साताको कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा झरेको छ। 

सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ। आज १३ मध्ये  एक उपसमूहको परिसूचक मात्र बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। 

नेप्सेसँगै आज सेयर कारोबार रकम पनि घटेको छ। बुधबार सात अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको एक करोड २३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज आँखु खोला जलविद्युत कम्पनीको १८ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड र घलेम्दी हाइड्रोको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ। आज १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.०९ प्रतिशत घटेको छ।   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्