१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारीबाट हटाइएका दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ । अदालत प्रशासनले थप अध्ययनको आवश्यकता औल्याउँदै आज रिट दर्ता गरेन ।
भोलि रिट दर्ता हुने कार्कीका कानुन व्यवसायी टिकाबहादुर कुँवरले बताए । जनआस्थासँग उनले भने,‘सर्वोच्चले अध्ययन गर्न बाँकी रहेको भन्दै आज रिट दर्ता गरेन । सम्भवतः भोलि दर्ता होला ।’
हिजो बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपी पदबाट हटाउँदै एआईजी डा.मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई सरकारले प्रधानमन्त्री बालेन्द्र साहको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध उनले आज वारेशमार्फत रिट पेश गरेका थिए ।




