जनकपुरमा रवि लामिछाने र ऋषि धमलाबीच रोचक संवाद, प्रधानमन्त्री बन्ने प्रस्तावमा रविको यस्तो जवाफ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । छठ पर्वको अवसरमा तराई झरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वपत्रकार ऋषि धमलाबीच जनकपुरधाममा रोचक भेटघाट भएको छ ।

छठ पूजापछि सोमबार बिहान भएको भेटमा उनीहरूबीच विगतको राजनीतिक प्रसङ्ग, देशको नेतृत्व र विकासका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा लामिछानेले विगतको निर्वाचनमा आफूले सहकार्यको प्रस्ताव गर्दा धमलाले अस्वीकार गरेको प्रसङ्ग सम्झाएका थिए । उनले भने, ‘सहकार्य गरेर जाऔँ भन्दा मेरो सल्लाह मान्नुभएन नि ।’

जवाफमा धमलाले आफूलाई टिकट प्रस्ताव गरिएको स्वीकार गर्दै देश बनाउने विषयमा शतप्रतिशत साथ दिने बताएका थिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा रास्वपाका तर्फबाट उम्मेदवार बन्न लामिछाने र बालेन शाहले धमलालाई प्रस्ताव गरेका थिए । तर धमलाले उक्त प्रस्ताव स्वीकार गरेका थिएनन् ।

भेटका क्रममा धमलाले लामिछानेलाई बालेन शाहपछि प्रधानमन्त्री बन्नुपर्ने सुझावसमेत दिएका थिए ।

‘बालेन शाहपछि प्रधानमन्त्री बन्नुपर्छ,’ धमलाको सुझाव थियो ।

जवाफमा लामिछानेले रोचक शैलीमा भने, ‘पर्दैन, पर्दैन, किन चाहियो प्रधानमन्त्री ? हामीलाई केही पर्दै पर्दैन । प्रधानमन्त्री उत्पादन गर्दै जाउँला नि ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी