एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ ।

साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा अपरान्ह ५ बजे सुरु हुनेछ । यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले क्वालिफायर २ खेल्नेछ ।

अंकतालिकामा शीर्षस्थानमा रहेको लुम्बिनी ७ खेलमा ५ जित र १ हारसहित ११ अंक जोड्यो । सुदूरपश्चिम ५ जित र २ हारको नतिजासहित १० अंकका साथ दोस्रो स्थानमा रह्यो ।

यी दुई टोलीबीच उद्घाटन खेल भएको थियो । जसमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो ।

हेड टु हेडको कुरा गर्दा दुई टिमबीच चार म्याच भएका छन् । जसमा दुवैले दुई–दुई खेल जितेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी