दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बुधबार सुनुवाइ गर्ने

  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

गत २० कात्तिकमा दर्ता भएको रिटमाथि तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइका लागि मिति तोकिएको थियो । तर सरकारले छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएपछि सुनुवाइ सरेको थियो ।

तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि सुनुवाइको मिति निर्धारण गरेको हो । कार्कीको रिटमाथि एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

सरकारले गत १८ कात्तिकमा तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्