३ मंसिर, काठमाडौं । नेपाल तरुण दलको काठमाडौं जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्।
नेपाल तरुण दल केन्द्रीय कार्यालयले एक पत्र जारी गर्दै श्रेष्ठलाई काठमाडौं जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको हो।
केन्द्रीय अध्यक्ष दिल लामाद्वारा हस्ताक्षरित पत्रमा संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको उल्लेख छ।
पत्रमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताको आदर्शलाई आत्मसात् गर्दै आगामी छ महिनाभित्र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरी संगठनलाई थप सुदृढ, एकताबद्ध, गतिशील र व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ।
साथै, नवनियुक्त अध्यक्ष श्रेष्ठलाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको छ।




