काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आज फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा तथा थनुका दबारेको स्थानमा फेबियन एलेनलाई प्लेइङ–११ मा समावेश गरिएको छ। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने चितवनले हिजो भएको खेलमा काठमाडौंलाई पराजित गर्दै आजको प्रतिस्पर्धामा स्थान बनाएको थियो।
आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको दोस्रो नम्बरको पिचमा खेलाइँदैछ। यही पिचमा पोखरा एभेन्जर्सले यसअघि २०० रनभन्दा बढीको योगफल बनाएको थियो। त्यसैले आजको खेलमा पनि उच्च स्कोर बन्न सक्ने अपेक्षा गरिएको छ।




