‘आसन्न निर्वाचन’ को एजेण्डासहित निर्वाचन आयोगमा छलफल हुदैँ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ मंसिर। निर्वाचन आयोगले आसन्न निर्वाचनका विषयमा परामर्श गर्न प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको छ ।

आयोगले शुक्रबार हुने उक्त छलफलमा दोस्रो तहका नेता नभई दलका मूल नेतृत्वलाई नै अनिवार्य सहभागी हुन पत्राचार गरेको हो । पठाइएको पत्रमा छलफलको एजेण्डा ‘आसन्न निर्वाचनबारे छलफल गर्ने’ उल्लेख गरिएको छ ।

मुलुकमा कुन–कुन तहको निर्वाचन कहिले गर्ने भन्नेबारे स्पष्ट खाका बनिनसकेको र मिति यकिन गर्नसमेत कठिन भइरहेको अवस्थामा आयोगका पदाधिकारीहरूले आपसी सल्लाहमा ‘आसन्न निर्वाचन’ शीर्षक राखेर सर्वदलीय बैठक डाकेका हुन् ।

छलफलका लागि राष्ट्रिय दलको मान्यता प्राप्त ६ वटा राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाइएको छ । निम्त्याइएका दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

आगामी निर्वाचनका विषयमा हालसम्म कुनै औपचारिक छलफल अघि नबढेको अवस्थामा राजनीतिक दलहरूको धारणा बुझ्न र सबैलाई एउटै थलोमा ल्याउन यो पहल गरिएको प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्