काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ ।
एमाले स्थानीय विकास विभागको आयोजनामा बोलाइएको भेला शुक्रबार बिहान ११ बजेपछि केन्द्रीय कार्यालय, च्यासलमा सुरु हुनेछ ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
मंसिर २ र ३ गते राष्ट्रिय भेला गरेको एमालेले लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको भेला राखेको हो ।




