सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ मिलनचोकमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार गएराति करिब साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

सप्तरीका प्रहरी प्रमुख एसपी रुपक खड्काका अनुसार जंगलबाट हात्ती गाउँ पसेको थाहा पाएपछि श्रेष्ठ घरबाहिर निस्किएका थिए। सोही क्रममा हात्तीले उनीमाथि आक्रमण गरेको थियो।

एसपी खड्काले यसअघिको राति पनि जंगली हात्ती गाउँ पसेर क्षति पुर्‍याएको जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्