गृहमन्त्री सुधन गुरुङ विराटनगरमा, विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ नदिई बाहिरिए

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विराटनगर । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ विराटनगर पुगेका छन्।

विराटनगर विमानस्थलमा ओर्लिएपछि उनी सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई बाहिरिएका हुन्।

गृहमन्त्री आउने जानकारी पाएपछि विमानस्थल पुगेका सञ्चारकर्मीले शेरबहादुर देउवाको घरमा भेटिएको नोटका विषयमा भइरहेको छानबिनबारे प्रश्न गरेका थिए। जवाफमा गुरुङले ‘छानबिनका विषयमा पनि तपाईंलाई भन्ने हो ?’ भन्दै प्रतिप्रश्न गरेका थिए।

विमानस्थलमा उनलाई गुरुङ समुदायका व्यक्तिहरूले स्वागत गरेका थिए। त्यसपछि उनी मोरङका प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने गाडी चढेर विमानस्थलबाट बाहिरिएका थिए।

गृहमन्त्री गुरुङ कुन कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन् भन्नेबारे भने खुलाइएको छैन।

प्रहरी स्रोतका अनुसार उनी शुक्रबार राति रानीस्थित प्रदेश प्रहरी कार्यालयमा बसेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी