गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ।

मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकमा सरुवा गरिएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा सरुवा गरिएको छ।

यसैगरी, गृह मन्त्रालय वा मातहतका निकायमा कार्यरत अन्य पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापना गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको यस निर्णयसँगै विभिन्न जिल्लाका प्रशासनिक नेतृत्व तथा विभागीय जिम्मेवारीमा फेरबदल भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी