इमर्जिङ टिम्स एसिया कप सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ साउन । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताउनुभयो । अहिले नेपाली टीमले व्याटिङमा ध्यान दिनुपर्ने देखिएको उहाको भनाइ छ । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उहाको भनाइ छ ।

श्रीलंकामा रहदा नेपाली टीमले केहि अभ्यास खेल पनि खेलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्