पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाै‌ं, २२ साउन । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो ।

पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । यस विषयमा पाकिस्तानले आइसिसीलाई पनि जानकारी गराएको छ ।

यसका साथै भारतीय सम्बन्धित निकायसँग पनि कुरा गरेको बताइएको छ । विश्वकप यही अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुँदैछ । लामो समयदेखि पाकिस्तानले भारतमा हुने विश्वकप खेल्ने वा नखेल्नेबारे आशंका उत्पन्न भएको थियो ।

गत महिना पाकिस्तानले आयोजना गर्ने एसीसी एसिया कपलाई लिएर दुई देशबीचको विवाद उत्कर्षमा पुगेको थियो । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ मा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्