नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ साउन । टाइब्रेकरमा नाइजेरियालाई ४-२ ले हराउँदै इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

८७औं मिनेटमा लाउरेन जेम्स रातोकार्ड पाउँदै बाहिरिए पछि इंग्ल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

डी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि पहिला पहेँलो कार्ड पाएकी जेम्सले पछि भीएआरबाट रातोकार्ड पाएकी थिइन् ।

तर पनि उनको अभाव महसुस हुने गरी इंग्ल्याण्डले नाइजेरियालाई गोलको अवसर दिएन र पेनाल्टी सुटआउटमा पुगेको खेल जित्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्