महिला विश्वकपको क्वाटरफाइनल खेल भोलि देखि शुरु हुँदै, एक मात्र पूर्व विजेता टिम क्वाटरफाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, २५ साउन ।   फिफा महिला विश्वकप २०२३ को क्वाटरफाइनल खेल भोलि शुक्रवारदेखि शुरु हुँदैछ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे नवाैँ संस्करणकाे प्रतियाेगितामा आयाेजक अस्ट्रेलियासहित स्विडेन, जापान, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, इङ्ग्ल्यान्ड र काेलम्बिया क्वाटरफाइनलमा पुगेका छन् ।

यसपालिकाे प्रतियाेगितामा ४ पटककाे च्याम्पियन अमेरिका, २ पटककाे च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटाैँ पटक विश्वकप खेलिरहेकाे ब्राजिल फिफा महिला विश्वकपकाे क्वाटरफाइनलमा नपुग्दै बाहिरिएका छन् ।

यसपालिकाे क्वाटरफाइनलमा जापानमात्र एक यस्ताे टिम छ जसले पहिले पनि विश्व च्याम्पियन बन्ने अवसर पाएकाे छ । जापान् सन् २०११ काे च्याम्पियन जापान हाे । याे संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एकमात्र एसियाली टिम हाे । यस्तै स्पेन र काेलम्बियाले पहिलाे पटक विश्वकपकाे अन्तिम–८ मा स्थान बनाएका छन् । यस्ताेमा यसपालि महिला विश्वकपले नयाँ च्याम्पियन पाउन सक्ने सम्भावना बढी छ ।

क्वाटरफाइनलमा पुग्ने स्विडेन एकमात्र यस्ताे टिम हाे जसले सबै संस्करणमा भाग लिएकाे छ, साथै ३ पटक सेमिफाइनलमा स्थान बनाएकाे छ ।

क्वाटरफाइनलकाे पहिलाे खेलमा भाेलि बिहान पाैने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच खेल हुनेछ । भाेलि नै दाेस्राे खेलमा दिउँसाे सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।

यस्तै पर्सि शनिवार पहिलाे खेलमा दिउँसाे पाैने १ बजे अस्ट्रेलिया र फ्रान्सबीच खेल हुनेछ । त्यही दिन दाेस्राे खेलमा सवा ४ बजे इङ्ग्ल्यान्ड र काेलम्बियाबीच खेल हुनेछ ।

फाइनल खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्