जापानलाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलकाे सेमिफाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ साउन । जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।

आज शुक्रवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे क्वाटरफाइनल खेलमा सन् २०११ काे च्याम्पियन जापानलाई २–१ गाेलले हराउँदै स्विडेन सेमिफाइनलमा पुगेकाे हाे ।

स्विडेनका लागि अमन्दा इलेस्टेड र फिलिपा एन्जेलडलले गाेल गरिन् । जापानका लागि हाेनाेका हयाशीले १ गाेल फर्काइन् । जापानले खेलकाे ७५ औँ मिनेटमा पेनाल्टी पाए पनि गाेल गर्न सकेन ।

यस्तै आज बिहान भएकाे पहिलाे क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गाेलले हराउँदै स्पेन पहिलाे पटक सेमिफाइनलमा पुगेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्