महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३१ साउन ।  फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।

आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन उपाधि नजिक पुगेको छ ।

स्पेन पहिलो पटक फाइनलमा पुगेको हो ।

गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी