एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली बुधवार पाकिस्तान जाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, ४ भदौ  ।  एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने भएको छ।

एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयार पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाली टोलीले एक हप्ता पाकिस्तानमै अभ्यास गर्नेछ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि हिजो भारतबाट नेपाल आइपुगेका छन् ।

एसिया कप अगष्टको ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात भदौको १७ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ ।

एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरी सकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी