आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल बहराइनसँग १७ बलमै विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, १५ भदौ ।  आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएकाे छ ।

मलेसियाकाे क्वालालम्पुरमा बहराइनले दिएकाे ३२ रनकाे झिनाे लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍याे । नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियाे ।

यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयाे । बहराइनका लागि रसन्गिका हेरथले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालका इन्दु बर्माले ३, खुशी डङ्गाेलले २ तथा कविता कुँवर, पूजा महताे र रुबिना क्षेत्रीले १/१ विकेट लिइन् । बहराइनका दुई जना खेलाडी रन आउट भए ।

लगातार दाेस्राे जितसँगै नेपालले सेमिफाइनल सम्भावना बलियाे बनाएकाे छ । हिजाे बिहीवार भएकाे पहिलाे खेलमा नेपालले मलेसियालाई ५ रनले हराएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्