म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौ, १७ भदौ ।  म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टाेली घाेषणा भएकाे छ ।

राष्ट्रिय टाेलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टाेली घाेषणा गरेका हुन् ।

नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारकाे याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।

यस्ताे छ नेपाली टाेली :

गाेलकिपर– किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेन्डर– सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, राेहित चन्द, अन्जन राई र छिरिङ लामा

मिडफिल्डर– एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु

फरवार्ड– आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाङी, आशिष चाैधरी, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्