क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दाको सुनुवाइ स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौ, १ असोज । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको जबरजस्ती करणीको मुद्दाको आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशहरु तीज पर्वका कारण बिदामा बसेका,कसैको बढुवा भएर अन्तै जान लागेका र कसैको सरुवा भएकाले सुनुवाइ स्थगित भएको हो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ । आज सोमबारको सुनुवाई स्थगित हुँदा अर्को सुनुवाईको मिति तोकिएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्