एसियन गेम्सको महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ५ असोज । एसियन गेम्सको महिला फुटबलमा नेपालको राष्ट्रिय महिला टिम भियतनामसँग पराजित भएको छ ।

शुक्रबार समूह डीको खेलमा नेपाली महिला टिम भियतनामसँग २–० ले पराजित बनेको हो ।

खेलको ५३ औं मिनेटमा फाम हाइको गोलमार्फत  भियतनामले खेलमा अग्रता बनाएको थियो । गुयेनले ६४ औं मिनेटमा गोल गर्दै  भियतनामलाई २–० को जित दिलाईन् ।

जित सहित समूह डीमा  भियतनामले ३ अंक जोडेको छ । नेपालले समूह चरणमा जापान र बंगलादेशसँग खेल्नेछ ।

अर्को खेल सोमबार जापानसँग दोस्रो खेल खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी