नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ असोज ।  एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । सन्दीप जोरा २९ रनमा आउट भए । कुशल भुर्तेल २८ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे । भारतका स्पिनर रवि विश्रोई र आवेश खानले समान ३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिए ।

त्यसअघि हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी