दोहोरी साँझमा अवान्छित क्रियाकलाप गरे कारवाही गरिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति राष्ट्रिय लोकदोहोरी व्यवसायी संघद्धारा ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा हेर्न नसकिने, असभ्य, अपाच्य नृत्य सामाग्री सामाजिक सञ्जालमा भाइरल भएको थियो । दोहोरी साँझमा आएका ग्राहकको ध्यान तान्नैका लागी भडकिलो नृत्य गर्ने गर्दछन । यस्ता अवान्छित क्रियाकलापका नगर्न नगराउन अनुरोध गर्दै संघले यसबाट आम लोक क्षेत्रमा चोट पुग्न गएको प्रति संघ क्षमा समेत मागेको छ ।

त्यसप्रति संघद्धारा आज एक विज्ञप्ती जारी गर्दै  आगामी दिनमा पनि त्यस्ता भडकिला र उश्रृङखल नगर्न नगराउन अनुरोध गर्दै संघको आचारसंहितमा र नियममा रहेर सञ्चालन गर्न अनुरोध गरिएको छ ।

साथै संघले आगामी दिनमा पनि अटेर गरि यस्ता गतिविधि गरेको खण्डमा कारवाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तीमा लेखिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्