राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ असोज ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाएर दुर्लभ कीर्तिमान बनाएका दीपेन्द्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् । दीपेन्द्रको कीर्तिमानको प्रशंसा गर्दै उनलाई विशेष बढुवा गरेको प्रहरीले जनाएको छ । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आबद्ध थिए ।

१९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गोलियासँगको खेलमा दीपेन्द्रले ९ बलमा ८ छक्कासहित अर्धशतक बनाएका थिए । उनले यो कीर्तिमान बनाउने क्रममा भारतका पूर्वक्रिकेटर युवराज सिंहले १२ बलमा बनाएको कीर्तिमान तोडेका थिए ।

मङ्गोलियासँगको खेलमा दीपेन्द्र ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर पनि बनेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी