
काठमाडौं, चैत्र २७ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर जङ्ग श्रेष्ठ (गजरकोटे)सम्मानित भएका छन् ।
गोकर्णेश्वर ५ मा सञ्चालित पर्ल्स इङिलस एकेडेमीको एसइई दिएका विद्यार्थीको बिदाइ तथा वार्षिक पुरस्कार वितरण एवम् दीक्षान्त समारोहको अवसरमा पत्रकार श्रेष्ठलाई साहित्यकार बाजुराम पौडेलले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान तथा अभिनन्दन गरिएको हो । सम्मानपछि बोल्दै श्रेष्ठले सम्मानले पत्रकारिताको आगामी पाइलाका लागि ऊर्जा मिलेको बताए ।
२०६९ साल देखि रेडियोबाट पत्रकारिता सुरु गरेका श्रेष्ठ अहिले डिजिटल पत्रकारितामा सक्रिय छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता समेत रहेका उनलाई शिक्षा क्षेत्रको श्रीवृद्धिमा योगदान गरेको भन्दै पर्ल्स इङिलस एकेडेमीले सम्मान गरेको एकेडेमीका व्यवस्थापन समिति अध्यक्ष केशव सापकोटाले जानकारी दिए ।