मञ्जु पौडेलको मौलिक तीज गीत’छैन नि फरिया’ सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं । हिन्दू नारीहरूको महान पर्व तीजको पूर्वसन्ध्यामा गायिका मञ्जु पौडेलले नयाँ मौलिक तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन्। यो गीतले नेपाली नारीहरूको संस्कृति, पहिरन र भावना समेट्ने प्रयास गरेको छ।

गीतमा गायक तथा गीतकार रेशम चौधरीको शब्द तथा स्वर सहयोग रहेको छ। पौडेलले यो गीत बिहीबार साँझ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्। उनले पछिल्ला वर्षहरूमा तीज गीतहरूमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिप्रति चिन्ता व्यक्त गर्दै मौलिकताको संरक्षणका लागि यो प्रयास गरिएको बताइन्।

गीतसँगै सार्वजनिक म्युजिक भिडियोमा परम्परागत नृत्य, पहिरन र सांस्कृतिक भावभंगी समावेश गरिएको छ, जसले गीतको सन्देशलाई थप जीवन्त बनाएको छ।

गायिका पौडेल यसअघि पनि दर्जनौं मौलिक तीज गीतहरू मार्फत सामाजिक सन्देश प्रवाह गर्दै आएकी छन्। ‘छैन नि फरिया’ मार्फत उनले संस्कार, पहिचान र मौलिकता जोगाउने प्रयासलाई निरन्तरता दिएकी छिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्