पाटनमा कार्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, १८ कात्तिक । ललितपुरको पाटनमा जारी ऐतिहासिक कार्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ ।

पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राती नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो ।

जस अन्तर्गत भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकश्यपुलाई पराजित गरेको देखाइएको थियो ।

वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ ।

नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी