पत्रकार तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको प्रशिक्षण कार्यक्रम

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, पुष १ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले पत्रकार तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त प्रशिक्षण कार्यक्रम यही पुस २ र ३ गते सिन्धुपाल्चोकस्थित सुकुटे बीचमा आयोजना हुने भएको हो। कार्यक्रममा बरिष्ठ संचारकर्मी एवम साहित्यकार डा। नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले प्रशिक्षण दिने भएका छन्।

उक्त कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक तथा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालले जानकारी दिए। लोक सञ्चारकर्मी नेपालका केन्द्रीय पदाधिकारी, उपत्यकासहित विभिन्न शाखा तथा संस्थामा आबद्ध पदाधिकारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन हुन लागेको हो।

साथै, नेपालका विभिन्न मिडिया सञ्चालकहरूको पनि सहभागिता रहने गरी कार्यक्रम आयोजना हुन लागेको संयोजक दुलालले बताए। कार्यक्रमलाई ऐतिहासिक तथा वृहत् बनाउने उद्देश्यका साथै नेपाली मौलिक लोक संस्कृति संरक्षण र यसको प्रवर्द्धनमा पत्रकारले खेल्नुपर्ने भूमिकामाथि गहन बहस हुने उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्