काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण निधन भएको छ ।
आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।





