युबा ज्योतिष तथा बास्तुबिद अनिल थापाको ‘घर त जनकपुर’ सार्वजनिक (भिडियो सहित)

अडियो तथा भिडियो ‘अनिल थापा म्युजिक’ नामक युट्युब च्यानलमार्फत हेर्ने सकिन्छ ।

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । युबा ज्योतिष तथा बास्तुबिदअनिल थापाले आफ्नै शब्द र संगीतमा तयार पारेको नयाँ गीत ‘घर त जनकपुर’ सार्वजनिक गरेका छन्।

गीतमा चर्चित गायिका समीक्षा अधिकारी र गायक निशान भट्टराईको सुमधुर आवाज रहेको छ। शब्द र संगीत स्वयं अनिल थापाकै रहेको यो गीतको संगीत संयोजन दिनेश न्यौपानेले गरेका हुन्।

गीतको भिडियोमा मोडल अनिल थापासँगै नायिका जहान्वी बस्नेत, दमन रुपाखेती र श्रीशक्ति बराइलीको सशक्त अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन बिनोद बामले गरेका छन्। नृत्य निर्देशन तथा भिडियो निर्देशन राहुल बराइलीको रहेको छ।


अडियो तथा भिडियो ‘अनिल थापा म्युजिक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी