मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्ड फेरि अवरुद्ध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १३ असार । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम र ताप्लेजुङ जोड्ने खण्ड फेरि अवरुद्ध भएको छ ।

असार ३ गतेको बाढीले हेवा खोलामा पुल बगाएपछि १० दिनपछि ह्युमपाइपबाट पानी तर्काइ हिजोदेखि गाडी गुड्न र ढुवानीका साधन आवतजावत गर्न थालेका थिए ।

तर, गएराति आएको बाढीका कारण खोलामा पानीको मात्रा बढेपछि अस्थायी रुपमा बनाइएको डाइभर्सनको सतह पार गरेपछि यो खण्ड फेरि अवरुद्व भएको हो ।

खोलामा पानीको बहाव बढेको छ । पानी डाइभर्सनमाथि बाट बगेकाले यात्रा नगर्न भनिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बताउनुभयो ।

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवा खोलामा यसअघि ह्युम पाइपबाट पानी तर्काएर डाइभर्सन गरी फिदिम ताप्लेजुङ खण्ड खुलाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी