आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं । आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो ।


सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्