प्रधानमन्त्री कपः सशस्त्रले बाग्मतीलाई हरायो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ८ चैत । ओपनर आसिफ शेखको प्रेरणादायी शतकको मद्दतमा सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बाग्मतीलाई पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सशस्त्रले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको योगफल तयार गरेको थियो । प्रधानमन्त्री कपको यस संस्करणमा पहिलो शतक प्रहार गर्दै आसिफले सशस्त्रलाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

जवाफी ब्याटिङमा बाग्मती २०० रनमा अलआउट हुँदै ७१ रनको फराकिलो हार स्वीकार्न बाध्य भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्