गगनले आधिकारिकता पाएपछि पूर्णबहादुरले बोलाए आफूपक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको भेला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बैशाख ९ काठमाडौँ । नेपाली कांग्रेसको पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । निवर्तमान कार्यवाहक सभापति खड्काले वैशाख १५ गते निवर्तमान केन्द्रीय सदस्यहरूको भेला बोलाएको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

‘पूर्णबहादुर दाइले वैशाख १५ गते महाराजगन्जस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएकाले उपस्थित हुन भनेर खबर आएको छ,’ खतिवडाले रातोपाटीसँग भनिन्, ‘समसामयिक राजनीतिबारे छलफल हुने भनिएको छ ।’

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने खतिवडाले बताइन् ।

वैशाख ६ गते सभापति थापाले निवासमै पुगेर खड्कासँग भेट गरी छलफल गरेका थिए । संस्थापनले कसरी अगाडि बढ्ने भन्ने प्रस्ताव नल्याउँदै खड्काले आफू पक्षका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्