९ वैशाख, काठमाडौं । आँखा सम्बन्धी गम्भीर रोग जलबिन्दु (ग्लुकोमा) समयमै पत्ता नलागेमा दृष्टि स्थायी रूपमा गुम्ने खतरा हुने विशेषज्ञहरूले बताएका छन्।
ग्लुकोमा विशेषज्ञ डा. कल्पना सिंह का अनुसार यो रोग सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामी ढिलो मात्र अस्पताल पुग्ने गर्छन्।
“धेरैजसो मानिसहरू आँखा दुखेपछि वा समस्या देखिएपछि मात्रै जाँच गराउन आउँछन्, तर जलबिन्दु भने सुरुवातमै पत्ता लगाउन कठिन हुन्छ। त्यसैले नियमित आँखा परीक्षण अत्यन्त आवश्यक छ,” डा. सिंहले बताइन्।
उनका अनुसार विशेष गरी ४० वर्षभन्दा माथिका व्यक्तिहरू, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामी, र परिवारमा जलबिन्दुको इतिहास भएका व्यक्तिहरूले नियमित रूपमा आँखा जाँच गराउनुपर्ने हुन्छ।
विशेषज्ञ सेवा उपलब्ध
Tilganga Institute of Ophthalmology सँग आबद्ध Tilganga City Eye Center मा आधुनिक प्रविधिबाट आँखाका विभिन्न रोगहरूको विशेषज्ञ उपचार सेवा उपलब्ध रहेको छ।
यहाँ उपलब्ध प्रमुख सेवाहरू:
- मोतियाबिन्दु (Cataract) उपचार
- रेटिना (Retina) सेवा
- कर्निया (Cornea) उपचार
- जलबिन्दु (Glaucoma) उपचार
- बाल आँखा सेवा (Pediatric Eye Care)
- Oculoplasty तथा Vision Therapy
थप सुविधा
- Optical Store
- Pharmacy सेवा
- अत्याधुनिक प्रविधिसहित गुणस्तरीय उपचार
- Premium Eye Care सेवा
Tilganga City Eye Center चाबहिलस्थित Dampe Complex मा अवस्थित यस केन्द्रले आँखाको सम्पूर्ण जाँच तथा उपचार सेवा प्रदान गर्दै आएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्। https://www.facebook.com/share/v/184RVUpr9H/





