प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन अध्यादेश पेस गरेकी छन् ।

प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश पेस गरेकी हुन् ।

तीन अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेर सेवा प्रवाहमा सहज हुने सरकारको अपेक्षा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्