अर्थ समिति अन्तर्गतका ४ वटा उपसमिति गठन, ६ महिनाको कार्यअवधि

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२९,वैशाख काठमाडौँ । अर्थ समितिले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ । मंगलबार बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो ।

उपसमितिका कार्य क्षेत्र र गर्नुपर्ने कार्यसहितको टीओआर तयार गरिएको समितिका सभापति डा कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

उपसमितिको कार्यवअधि ६ महिनाको रहने छ भने आवश्यकताअनुसार वा १ महिना नबढ्ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराइ समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी