रास्वपा सांसद प्रसाईंको प्रश्न : तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा चलाउने केले रोक्यो ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२९,वैशाख काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध अदालतमा मुद्दा नचालएकोमा सरकारको आलोचना गरेका छन् ।
मंगलबार संसद्को शून्य समयमा बोल्दै प्रसाईंले मुद्दा चलाउन ढिलाइ भएकोमा आलोचना गरेका हुन् ।

‘सहिदप्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिकता निभाएर होइन, मेरो प्रतिनिधित्व गर्ने सरकारको व्यवहारबाट पुष्टि हुनुपर्छ । जेनजी आन्दोलनका नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई कसले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकतामा परेन ?’, सरकारप्रति उनले प्रश्न गरे ।

विभिन्न आन्दोलनपछि गठन भएका मल्लिक आयोग, रायमाझी आयोगको प्रतिवेदन दराजमा थन्काइएको र लाल आयोगका प्रतिवेदन कार्यान्वयन नगरेर हरेक आन्दोलनका सहिदमाथि अन्याय भएको उनको भनाइ छ । प्रसाईंले उहिले बाजेको पाला र अहिलेको चाला उस्तै भयो भने हात्ती आयो फुस्सा हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी