क्यान्सर पीडित ओस बहादुर वलीको उपचारका लागि आर्थिक सहयोगको हार्दिक अपिल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२९ वैशाख, काठमाडौं । रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–२, ओइलाम निवासी ओस बहादुर वली हाल क्यान्सर जस्तो जटिल तथा प्राणघातक रोगबाट पीडित भई उपचाररत रहेका छन् ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका वलीको विभिन्न अस्पतालमा निरन्तर उपचार भइरहेको परिवारले जनाएको छ ।

चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा नियमित निगरानी, औषधोपचार तथा थप उपचार आवश्यक रहेको छ । तर उपचार प्रक्रिया दीर्घकालीन र अत्यन्त खर्चिलो बन्दै गएपछि आर्थिक अवस्था कमजोर रहेको परिवार गम्भीर समस्यामा परेको छ । दैनिक जीवन धान्न नै कठिन भइरहेको अवस्थामा उपचार खर्च जुटाउन झन् समस्या थपिएको परिवारको भनाइ छ ।

स्थानीयवासीका अनुसार ओस बहादुर वली मेहनती, इमानदार तथा समाजप्रति सकारात्मक सोच राख्ने व्यक्ति हुन् । तर अचानक आएको रोगले उनको परिवारलाई मानसिक, सामाजिक तथा आर्थिक रूपमा ठूलो पीडामा पारेको छ । समयमै उपचार हुन सकेमा स्वास्थ्यमा सुधार आउने आशा चिकित्सकले व्यक्त गरेका छन् ।

यस कठिन परिस्थितिमा परिवारले सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, समाजसेवी, बुद्धिजीवी तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ । “मानवताभन्दा ठूलो धर्म केही हुँदैन” भन्ने भावनासहित सानो सहयोगले पनि एक अमूल्य जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सहयोगका लागि विवरणः

सम्पर्क व्यक्ति : सिताराम वली
मोबाइल नं. : ९८४३५२७९४४

 बैंक ग्लोबल आई एम ई बैंक
खाता नाम : ओस बहादुर वली उपचार सहयोग कोष
खाता नं. : ५७०७०१०००३४५९
शाखा : रोल्पा

“साथै, यस क्यूआरमार्फत पनि सहयोग गर्न सकिनेछ ।”

सहयोग गरी मानवताको परिचय दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्