सदन चल्न प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न विपक्षीको माग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३० वैशाख काठमाडौँ । एमाले सांसद गुरु बरालले प्रतिनिधि सभा नियमावली २१९ खाली रहेको भन्दै सच्चाउन माग गरेका छन् । बुधवारको बैठकमा उनले प्रतिनिधि सभा नियमावली २१९ देखाउँदै ‘यो त खाली छ । यस्तो लापरबाही गर्नुभएन’ भन्दै त्यसलाई सच्चाउन माग गरे ।

त्यस्तै उनले देशको राष्ट्रिय झन्डा धेरै दुरुपयोग भएको तथा आन्दोलनमा ढुङ्गा हान्दै हिँडेको देखिएको बताए । उनले सभामुखले केही सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ भए पनि अन्य असंसदीय शब्द नहटाएकोमा आपत्ति जनाए । ‘एउटा दलको मात्र मानमर्दन गर्न पाइँदैन’, बरालले भने ।

एमालेका अर्का सांसद पद्यमा अर्यालले देशभित्रै भएका प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न माग गरिन् । बुधवारको दोस्रो बैठकमा पनि विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिलाई लिएर बैठक अवरोध गरिरहेका थिए ।

त्यसक्रममा सभामुख डीपी अर्यालले विपक्षीलाई पटक पटक बस्न आग्रह गर्दै नियमावलीको स्मरण गराएका थिए । त्यसक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा अर्को मन्त्रीले जवाफ दिन सकिने व्यवस्था रहेको स्मरण गराएका थिए ।

यस्तै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले पनि प्रधानमन्त्री बैठकमा आउनुपर्ने माग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्