हर्क साम्पाङको पार्टीले संसदमा देखाएको पर्चामा के छ ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 ४ जेठ, काठमाडौं ।  प्रतिनिधिसभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ ।

सोमबार संसद सुरु हुनासाथ गरिएको प्रदर्शनका क्रममा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्दै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो । 

यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो । यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्द श्रम संस्कृति पार्टीलाई आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी