आईजीपी कार्की र एपीजीका प्रतिनिधिबिच भेटवार्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

०५ जेठ , काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की र एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपीजी) का प्रतिनिधिबिच भेटवार्ता भएको छ ।

एपीजी अन मनी लाउण्डरिङका डेपुजी एक्ज्यूकेटिभ सेक्रेटरी डेभिड सानोन र पोलिसी अफिसर कियाह ससलले आईजीपी कार्कीसँग भेटवार्ता गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा मङ्गलबार भएको भेटमा सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूचि (ग्रे लिस्ट) मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजना कार्यान्वयनमा प्रहरीको भूमिकाबारे छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा राज्यका अरू निकायसँगको प्रभावकारी समन्वयमा काम गरिरहेको र त्यसमा काम गर्ने प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिबारे पनि छलफल भएको छ । वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान गर्नेबारे प्रहरी र एपीजीका प्रतिनिधीहरुबिच छलफल भएको छ ।

छलफलमा वित्तीय जानकारी इकाईका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्रीको कार्यालयका सहसचिव, राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरू र वरिष्ठ प्रहरी अधिकृतहरू सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी