प्रादेशिक जीडीपीको प्रारम्भिक अनुमान सार्वजनिक, कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

०६ जेठ,काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। कार्यालयको प्रतिवेदन अनुसार यस वर्ष बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको छ भने मधेस प्रदेशको सबैभन्दा कमजोर रहने प्रक्षेपण गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ।प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेश ५.४० प्रतिशतको आर्थिक वृद्धिदरसहित सबैभन्दा अगाडि रहेको छ। त्यसैगरी गण्डकी प्रदेश ५.०१ प्रतिशतको वृद्धिदरसहित दोस्रो स्थानमा छ।यी दुई प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा बढी छ।

प्रदेशगत आर्थिक वृद्धिदरको विवरण:

बागमती प्रदेश: ५.४० प्रतिशत

गण्डकी प्रदेश: ५.०१ प्रतिशत

सुदूरपश्चिम प्रदेश: ३.२८ प्रतिशत

कोशी प्रदेश: ३.१३ प्रतिशत

कर्णाली प्रदेश: २.९४ प्रतिशत

लुम्बिनी प्रदेश: २.८७ प्रतिशत

मधेस प्रदेश: १.३१ प्रतिशत (सबैभन्दा कम)

मधेस प्रदेशको आर्थिक वृद्धिदर गत वर्ष ४.४३ प्रतिशत रहेकोमा यस वर्ष उल्लेख्य गिरावट आई १.३१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

यसको मुख्य कारण कृषिको वृद्धिदर ऋणात्मक (–१.२६%) रहनुलाई मानिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्