सभामुखको भूमिकाप्रति निस्कल राईले उठाए प्रश्न, हर्कको आन्दोलनबारे के भने ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

०७ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् ।

‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, उनले संसदमा भने ।
केही बैठकदेखि श्रम संस्कृति पार्टी हर्क साम्पाङले सरकार खोज्दै प्लेकार्ड देखाए पनि सभामुखले त्यसलाई अमर्यादित भनेको भन्दै उनले आपत्ति जनाए ।

विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर आएको स्मरण गर्दै उनले सभामुखलाई प्रश्न गरे, ‘आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्षीको प्लेकार्ड कसरी अमर्यादित ?’उनले विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएको भन्दै सभाको मर्यादा सभामुखले राख्नुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी