८ जेठ, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णालीको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबीच लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन ।
प्रधानमन्त्री शाहलाई आज लिखित पत्रमार्फत् मुख्यमन्त्री कडेलले केही दिनयता सीमा विवादका कारण स्थानीयबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको जानकारी गराएका छन् ।
दुई जिल्लाबीचको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजकता अपनाउन उनको आग्रह छ । पत्रमा कडेलले विवाद समाधानको लागि संघीय सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् ।





