ओलीको प्रस्तावमा गोकुलको टिप्पणी- जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि !

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

८ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत् बास्कोटाले उस्तै-उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि राखिएको टिप्पणी गरेका छन् । आफूले जिम्मेवारी नमागेको, सुनेपछि लागेको कुरा भनेको उनको प्रष्टोक्ति छ । बास्कोटालाई भूमि व्यवस्था विभाग प्रमुखमा प्रस्ताव गरिएको छ ।

उनले कामकाजी नहुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? भन्दै प्रश्न सोधेका छन् ।

बास्कोटाको भनाइ जस्ताको तस्तै

एमालेले उस्तै उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि किन राख्नु ? जसमाथि पूरा भरोसा छ,उसैलाई काम दिए भैगो नि ! मर्जिङ गर्नु राम्रो । कामकाजी नहुने नामधारी हुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? मागेको हैन,सुनेपछि लागेको कुरा भनेको ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्