गुण्डुमा एमालेको बैठक जारी : भण्डारीलाई के जिम्मेवारी देलान् ओलीले?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बैठक बसेको हो।

बैठकमा यसअघि अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ। एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन।

शुक्रबारको बैठकमापूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीका बारेमा समेत छलफल हुने बताइएको छ। भण्डारीलाई सदस्यता दिने निर्णय सोमबारको बैठकमा अध्यक्ष ओलीले सुनाए पनि उनलाई के जिम्मेवारी दिइनेछ भन्ने चासो छ।

ओलीले अघि सारेको कार्य विभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने उल्लेख छ।

बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत छलफल हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्