बिजुली गएपछि मधेश प्रदेशसभा स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

८ जेठ, काठमाडौं ।  विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित भएको छ ।

मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मतको प्रस्तावमा धारणा राख्ने क्रम चलिरहेको बेला बिजुली गएको हो ।

नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादवले धारना राख्ने क्रममा विजुली बत्ती कटेपछि बैठक अँध्यारो बन्न पुग्यो ।

माइकको लाइन कट्नुको साथै लाइभ समेत अँध्यारो देखिएको छ ।

प्रदेशसभामा रहेको जेरनेटरमा इन्धन नहुँदा संचालन भएन । बैठक कक्ष अध्यारो भएपछि सांसदहरु बाहिर निस्किन थालेपछि सभामुखले बैठक केहीबेरको लागि स्थगित गरिएको छ ।

अहिले जेरनेटरमा इन्धन लिएर कर्मचारी पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्